मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसँग छलफल अगाडि बढाइएको छ ।
मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा पाएको ठेकेदारलाई एकै ठाउँमा बोलाएर सडक कालोपत्रे गर्ने सम्बन्धमा छलफल अगाडि बढाएका हुन् ।
छलफलमा नगर प्रमुख बुढाथोकीसहित निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, निवर्तमान नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर १, २ र १५ का वडाध्यक्षहरु राजेन्द्र राई, दिपक बराल र गुणराज भट्टराई, डिई, ठेकेदारलगायत स्थानीयको उपस्थिति थियो ।
गोकुलमार्ग अन्तर्गत मेचीनगर १५ स्थित फडानीदेखि बौद्धमोड हुँदै मेचीनगर १ नम्बर वडासम्म कालोपत्रे हुनेछ ।