२०८१ पौष १३, शनिवार , ०७:२७:५५ बजे

Sajhamanch
'

बंगालादेशका लागि काँकरभिट्टाबाट खेलाडी विदाई

सोमवार, पौष ११, २०७९

मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ ।

डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका बीच मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, विभिन्न संघसंस्था र खेलकुदमा आबद्ध प्रतिनिधिहरूले नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरेका हुन् ।

खेलाडीलाई हौसला प्रदान गर्न उपस्थित भएका नगरप्रमुख बुढाथोकीले खेलाडी राष्ट्रका गहना भएको बताउँदै खेलबाट नै उनीहरूको जीवन चल्नुपर्ने बताए । उनले खेलाडीले राष्ट्रको लागि आफ्नो जीवनको उर्वर समय खर्चिने गरेको भएता पनि अझै राज्यले उनीहरूलाई संरक्षण गर्न नसकेको बताए । उनले राष्ट्रका लागि खेल्ने खेलाडीहरूलाई उनीहरूको जीविकोपार्जनको सवालमा राज्यले ग्यारेन्टी लिनुपर्नेमा जोड दिए ।

प्रतियोगिताका लागि नेपालबाट बंगलादेश जानेहरूमा बिनोद शाक्य टिम कोच, बमबहादुर श्रेष्ठ रेफ्री, अबिसा शाक्य टिम मेनेजर, कुबेरमान राई र बाबुराम श्रेष्ठ अफिसियलसहित खेलाडीहरू छन् ।

प्रतियोगी खेलाडीहरुमा प्रमोद राई, अनिल पाण्डे, धनकुमार राई, आर्या शाक्य, विकास केसी, नुदेन साम्पाङ राई, आशिष राई, कर्मा लामा, कार्साङ्ग तामाङ, नवीन पुन मगर, प्रकाश ओली, विवेक गुरूङ र दिपक खड्का रहेका छन् ।

सम्बन्धित खबर