कमल । झापाको कमल गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत श्रमिकलाई काममा लगाउन सुरु गरेको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकामा सुचिकृत भएका कामदारहरु मध्ये पहिलो पटक ५ जना श्रमिकलाई काममा खटाईएको गाउँपालिकाले जनाएको छ ।
पहिलो पटक गाउँपालिकाको कम्पाउण्ड वाल मर्मतकालागी कामदारलाई काममा खटाईएको हो ।
चालु आर्थिक वर्षमा गाउँपालिकामा ६ सय २८ जना श्रमिक सुचिकृत गराएपनि मन्त्रालय बाट ८० जना कामदारलाई मात्र खटाउन पुग्ने बजेट पठाएकोले यो वर्ष अधिकतम ८० जना कमदारलाई मात्र काममा खटाउन सकिने कमल गाउँपालिकाका रोजगार संयोजक भरतचन्द्र तिवारीले जानकारी दिए ।
गाउँपालिका द्वारा निर्माण गरिने अन्य योजना उपलब्ध भएमा बाँकी कामदारलाई काममा खटाईने समेत संयोजक तिवारीले बताए ।