मेचीनगर । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगर–११ का संरक्षक प्रेमप्रसाद बानियाँको ७७ वर्षको उमेरमा आज अपरान्ह ५ः२५ बजे निजी निवास धाइजनमा निधन भएको छ ।
प्रतिष्ठानको स्थापना र सञ्चालनमा अथक योगदान र सक्रियता पूर्वक काम गरेका बानियाँले सामाजिक क्षेत्रमा पनि योगदान गरेको उनका भाई तथा प्रतिष्ठानका अध्यक्ष हरिचरण बानियाँ बताउँछन् । पछिल्ला दिनमा क्यान्सर र हेपाइटाइटिस बीसँग लडिरहेका अध्यक्ष बानियाँले जनाएका छन् ।
संस्थाका अभिभावकको रुपमा रहेका उनको अकल्पनीय एवम् दुःखद् निधनका कारण यही २०७९ मंसिर २९ गते बिहीबारका लागि निर्धारित कार्यक्रम पनि स्थगित भएको जनाइएको छ । लाल भागिरथा बानियाँ प्रतिष्ठानले आयोजना गर्न लागेको वार्षिक साधारण सभा तथा पुरस्कार वितरण कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित भएको अध्यक्ष हरिचरण बानियाँले बताएका छन् ।