२०८१ पौष ७, आइतवार , १०:२६:४९ बजे

Sajhamanch
'

शिवसताक्षीमा विपन्न परिवारका ८ महिला सम्मानित

सोमवार, मंसिर १२, २०७९

शिवसताक्षी । झापाको शिवसताक्षीमा ८ विपन्न परिवारका महिलाहरुलाई सम्मान गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. २ र ३ का ८ महिलालाई ३१ औं लैंगिक हिंसा विरुद्धको अभियानका क्रममा न्यानो कपडा (सुईटर) प्रदान गरेको सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा वडा नं. ३ डम्बरकुमारी बस्नेत, अम्बिकादेवी बस्नेत, सर्मिला श्रेष्ठ र मनमाया राई, वडा नं. ३ का रामधन मर्डी, लालमाया लिम्बु, आइतमाया राई र अम्बिकादेवी विश्वकर्मा सम्मानित भएका शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाकी कर्मचारी देविना पराजुलीले जानकारी दिइन् । उनीहरुलाई कार्यक्रमकी प्रमुख अतिथि तथा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले न्यानो कपडा प्रदान गरेकी थिइन् ।

कार्यक्रमा उपप्रमुख कार्कीले लैंगिक हिंसा विरुद्ध सबै महिलाहरु डटेर लाग्नु पर्ने बताइन् । समाज यस्ता हिंसाहरु जानकारी पाउँनासाथ सम्बन्धित निकाय खबर गर्नु पर्ने, महिला मात्र नभएर पुरुष पनि हिंसामा पर्नु नहुने उनको भनाई थियो । लैंगिक हिंसा रोक्न समाज जनचेतना फैलाउन सबै लैंगिक हिंसा विरुद्धको अभियानमा जोडिनु भएका सहभागीहरुलाई उपप्रमुख कार्कीले सुझाएकी थिइन्।

कार्यक्रमको औचित्यमाथि प्रकाश शिवसताक्षी नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले पारेका थिए। वडा नं ३ वडाध्यक्ष भाष्कर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष भिम नेम्वाङ्ग लगायत वडा नं. २ र ३ का जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गोपिला चम्लागाईले गरेकी थिइन् ।

सोमवार, मंसिर १२, २०७९ | विविधा, समाज

सम्बन्धित खबर