२०८१ असोज ४, शुक्रवार , ०३:१२:५० बजे

Sajhamanch
'

गणपति बेकरीको नयाँ प्रस्तुति नैवेध्य फेमिली रेष्टुरेन्ट बिर्तामोड

सोमवार, मंसिर १२, २०७९

बिर्तामोड । झापाको बिर्तामोडमा नयाँ फेमिली रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिर्तामोड–५ स्थित गणपति वेकर्ससँगै नैवेध्य सञ्चालनमा ल्याइएको हो । नैवेध्य रेष्टुरेन्टको आज सोमवारदेखि शुभारम्भ भएको हो ।

गणपति वेकर्सका सञ्चालक राजु ढकालले उक्त रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । गणपति वेकरी र दि क्याफेको सफलतापछि उनले नैवेध्य सञ्चालनमा ल्याएको जानकारी दिए । आकर्षक संरचना र शान्त वातावरण रहेको नैवेध्यमा पारिवारिक जमघटका लागि धेरै अनुकुल हुने ढकालको भनाई छ । उनका अनुसार नैवेध्य सबै उमेर समूह र परिवारका लागि सुहाउदो छ ।

अध्ययनका क्रममा अष्ट्रेलिया पुगेका ढकाल नेपाल फर्किएर वेकरी उत्पादनमा लागेका थिए । जिल्लामा सबैको रोजाईमा परेको गणपति वेकर्सले अहिले दि क्याफे सञ्चालन गरिहरेको छ । क्याफे र वेकरीमा आउने अधिकांश उपभोक्ताले फेमिली रेष्टुरेन्टको आवश्यकता महसुस गरेपछि ढकालले नैवेध्य सञ्चालनमा ल्याएका हुन् ।

अष्ट्रेलियामा समेत वेकरी मै काम गरेका ढकालले त्यहाँको सीपलाई स्वदेश मै खर्चिएका छन् । वेकरीको व्यवसायिक सफलताकै प्रेरणाले नैवेध्यबाट सेवा प्रारम्भ गरेको ढकालले जानकारी दिए । बिर्तामोडकै पृथक र सुन्दर देखिने नैवेध्यको मंसिर १२ देखि १७ गतेसम्मलाई उद्घाटनको समय राखिएको छ ।

बिर्तामोडको गणपति रोडमा रहेको नैवेध्यले आम उपभोक्ताको चहाना बमोजिम खानपिन गराउनेछ ।

सम्बन्धित खबर