२०८१ असोज ३, बिहिवार , ०१:४४:५३ बजे

Sajhamanch
'

कलवलगुरी कृषि सहकारीको १६औं साधारण सभामा सदस्यहरु सम्मानित

शनिवार, मंसिर १०, २०७९

भद्रपुर । कलवलगुरी कृषि सहकारी संस्था लिमिटेड भद्रपुर १० को १६औं वार्षिक साधारण सभा शनिबार सम्पन्न गरिएको छ ।

संस्थाका अध्यक्ष नारायणप्रसाद चौंलागाईको सभापतित्व तथा सहकारी संघ झापाका उपाध्यक्ष चम्पादेवी सुवेदीकोे प्रमुख आतिथ्यमा अग्रज सदस्य तथा उत्कृष्ट व्यक्तित्व सम्मानसहित सभा सम्पन्न गरिएको हो ।

साधारणसभामा अध्यक्ष चौलागाईले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिको उन्नतिका लागि कृषक केन्द्रित कार्ययोजनासहित बचत र ऋण कारोबारका नयाँ नीतिसमेत प्रस्तुत गरे ।

साधारणसभा समारोहकै बीच ज्येष्ठ नागरिक सम्मानबाट बमबहादुर काफ्ले र हेमकुमारी न्यौपानेलाई सम्मानित गरियो ।

यस्तै उत्कृष्ट बचत कारोबार सम्मानबाट बसन्तकुमार तामाङ तथा उत्कृष्ट ऋण कारोबार सम्मानबाट गीता भट्टराई सम्मानित भए । उत्कृष्ट सन्तति सम्मानबाट अर्जुन दाहाल र लज्जा बराललाई सम्मान गरियो ।

संस्थाका उपाध्यक्ष पदमप्रसाद अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव निर्माणकुमार नेपालले गरेका थिए ।
कार्यक्रममा संस्थाका पूर्व सञ्चालक डिल्ली दाहाल, ज्ञानोदय बचतका लता खरेल, राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारी, भद्रपुर १० का वडासदस्य तुलसी पोखरेल लगायतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर