भद्रपुर । झापा सदरमुकाम स्थित चन्द्रगढीको लेखनाथ चौकमा गरिएको सडक अवरोध सहमति पछि हटाइएको छ ।
भद्रपुर ७ र १० को सिमानामा पर्ने लेखनाथ चौकमा केही युवाहरूले सडकका खाल्डाखुल्डीका कारण उत्पन्न धुलो तथा जोखिम बढेको भन्दै बिहानैदेखि गरेको अवरोध साँझ जिल्ला प्रशासनको रोहवरमा सडक विभागसँग सहमती गरी हटाइएको हो ।
सहमती अनुसार निर्माण सम्पन्न नहुञ्जेल निर्माण कम्पनीले धुलो रोक्न हरेक दिन पानी हाल्ने छ भने सडक निर्माण तीव्र पारिने छ ।