भद्रपुर । झापा क्षेत्र नम्वर ३ अन्तरगत प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार छविलाल चुडाल निर्वाचित भएका छन् ।
एमाले उम्मेदवार चुडालले माओवादी केन्द्रका पूर्णप्रसाद राजवंशीलाई ४,९६९ मत अन्तरमा पराजित गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचन कार्यालयले दिएको विवरण अनुसार चुडालले १७ हजार ५५५ मत प्राप्त गरेका छन् भने राजवंशीले १२ हजार ५८६ मत पाएका छन् ।
चुडाल पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन् भने राजवंशी निवर्तमान प्रदेश सभा सदस्यसमेत हुन् ।