२०८१ भदौ ३१, सोमवार , १०:२४:०० बजे

Sajhamanch
'

झापा क्षेत्र नं. ४ (क) मा एमालेका खनालको ७ सय बढीको अग्रता

बुधवार, मंसिर ७, २०७९

शिवसताक्षी । झापा क्षेत्र नं. ४ (क) मा नेकपा एमालेले अग्रता बढाएका छन् । नेकपा एमालेका उम्मेद्वार राधाकृष्ण खनालले ७४० मतान्तरले अग्रता लिएका हुन्

। गठबन्धन तर्फका नेकपा माओवादीका उम्मेद्वार झलक बहादुर मगरलाई पछि पार्दै खनालले अग्रता कायम गरेका हुन् । क्षेत्र नं. ४ (क) मा हालसम्म १६५९७ मत गणना भईसकेको छ ।

जसमा नेकपा एमालेका राधाकृष्ण खनालले ७१२३ मत प्राप्त गरेका छन् भने, नेकपा माओवादी केन्द्रका झलक बहादुर मगरले ६३८३ मत प्राप्त गरका छन् । प्रदेश (क) ३३२१० मत खसेको छ भने, अब गणना गर्न १६६२३ मत रहेको छ ।

सम्बन्धित खबर