२०८१ असोज ३, बिहिवार , ०७:५०:४० बजे

Sajhamanch
'

आराकाले करदाता र कर्मचारीलाई गर्यो सम्मान

बुधवार, मंसिर ७, २०७९

दमक । आन्तरिक राजश्व कार्यालय दमकले उत्कृष्ट करदता तथा आफ्ना कर्मचारीलाई सम्मान गर्दै ११औं राष्ट्रिय कर दिवस आज सम्पन्न गरेको छ ।

२०८६ सालदेखि हरेक वर्ष मंसीर १ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरी कर सप्ताह मनाउन थालिएको हो । देशभरका राजस्व कार्यालयहरुले यो वर्ष पनि विभिन्न कार्यक्रम गरी कर सप्ताह सम्पन्न गरेका हुन् ।

“स्वेच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार” भन्ने मूल नारासहित यो वर्ष कर सप्ताह मनाइएको हो । विगमा झै यो वर्ष पनि उत्कृष्ट करदातालाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको छ ।

यसरी सम्मानित हुनेहरुमा उद्योग क्षेत्रबाट हाइजिन प्याक्स नेपाल, व्यापार क्षेत्रमा अनुज मार्केटिङ्ग, सेवातर्फ मिलेनियम सिद्धार्थ एजुकेशन फाउण्डेसन प्रालि, पेशागततर्फ डाक्टर रविनरत्न रन्जितकार तथा कर्मचारीतर्फ नायब सुब्बा नम्रता चौंलागाईं रहेका छन् ।

सो कार्यक्रममा मन्तब्य राख्दै आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख कर अधिकृत लबकुमार अधिकारीले राष्ट्र निर्माणको मूल मेरुदण्ड कर राजश्व नै भएकाले यसलाई पारदर्शी बनाउँदै सम्मानित हुने सम्पूर्ण उद्योगी व्यवसायीलाई बधाई दिए ।

उनले करदातालाई दुःख दिने कर कार्यालयको उद्देश्य नरहेको प्रष्टेयाउँदै करदाताका अपेक्षालाई अम चुनाव पछि क्रमशः सम्बोधन गर्दै लगिने आश्वासन दिए ।

कार्यक्रममा दमक उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईंले केही समय अगाडिसम्म कर कार्यालयका कर्मचारी आउँदा व्यवसायीले सटर बन्द गर्नुपर्ने अवस्था रहेकोमा अहिले त्यसको अन्त्य हुँदै गएको सुनाए ।

तर व्यासायीका तर्फबाट अझै पनि गुनासोहरु आउने गरेकाले गतल नियतले व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई संघले कहिले पनि सहयोग नगर्ने तर सही रुपमा व्यावसाय सञ्चालन गर्ने क्रममा व्यासायीका तर्फबाट भएका साना मसिना समस्यालाई कर कार्यालयले सुधार गर्ने अवसर दिनुपर्ने औंल्याए ।

यस्तै, वर्षभरिमा सबैभन्दा बढी कर तिर्ने औद्योगिक–व्यावसायिक प्रतिष्ठानहरुलाई सम्मान गर्दै भद्रपुरमा रहेको आन्तरिक राजश्व कार्यालयमा पनि कर सप्ताह सम्पन्न गरिएको छ ।

कार्यालयको सभाहलमा बुधबार आयोजित एक समारोहका बीच सर्वोत्कृष्ट करदातालाई सम्मान गरिएको हो । विधागत रुपमा झापाका तीन, इलाम सेवा कार्यालय अन्तर्गतको एक र पाँचथर सेवा कार्यालय अन्तर्गतको दुईवटा प्रतिष्ठानलाई सम्मान गरिएको प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए ।

समारोहमा झापाको कनिष्का ओभरसिज प्रालि मेचीनगर, अम्बे भवानी प्लाईबोर्ड उद्योग बिर्तामोड र ओमसाई पाथीभरा हस्पिटल भद्रपुर सम्मानित भए । इलामको फिक्कल उत्तम स्टोर, पाँचथरको शिवगौरी सप्लायर्स र ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको छ ।

अम्बे भवानीका तर्फबाट सञ्चालक महेश चित्लांगिया, ओमसाईका अध्यक्ष दिपक पोखरेल, फिक्कल स्टोर्सका सञ्चालक उत्तम क्षेष्ठ, शिवगौरीका तर्फबाट केदारजंग थापा र ताप्लेजुङ बहुउद्देश्यीयका तर्फबाट शारदा खतिवडालाई सम्मानपत्र हस्तान्तरण गरियो । फिक्कल स्टोरले यो सातौं पटक सम्मानपत्र पाएको सञ्चालक श्रेष्ठको भनाई छ ।

यसैगरी, उत्कृष्ट कर्मचारीका रुपमा नायव सुब्बा दिपक घिमिरे र कार्यालय सहायक बोजप्रसाद दुलाललाई पुरस्कृत गरिएको थियो ।

कर सप्ताह समापन समारोहका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकाल, झापा उद्योग संघका अध्यक्ष यामबहादु श्रेष्ठ, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी लगायतले कार्यक्रममा आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर