२०८१ चैत २५, सोमवार , ०६:०२:३० बजे

Sajhamanch
'

निर्वाचन मितिबारे आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री देउवा

मङ्गलवार, माघ १८, २०७८

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग भेट्ने भएका छन्।

स्थानीय तहको निर्वाचनको मितिका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीलाई बोलाएका हुन्। दिउँसो ३ बजे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच बालुवाटारमा छलफल हुने भएको छ।

जेठमा निर्वाचन गर्ने सत्ता गठबन्धनमा सहमति बनेपछि देउवाले मितिका सन्दर्भमा छलफल गर्न आयोगका पदाधिकारी डाकेका हुन्। जेठको पहिलो साता एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सोंचमा देउवा छन्।

आयोगले यसअघि सरकारलाई वैशाख १४ को मिति प्रस्ताव गरेको थियो। दुई चरणमा निर्वाचन गर्ने भएमा वैशाख १४ र २२ मा गर्न सकिने आयोगले सुझाएको थियो।