बिर्तामोड । नेकपा एमाले झापाको हालै सम्पन्न १०औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा बिर्तामोडबाट निर्वाचित सदस्यहरुलाई आज यहाँ सम्मान गरिएको छ ।
नेकपा एमाले बिर्तामोड नगर कमिटीले जिल्ला कमिटीका अध्यक्ष दिपक कार्की, उपाध्यक्ष प्रेम गिरी, सचिव शिव ढुंगेल, उपसचिव असारु राजवंशीसहित बिर्तामोड नगरको भूगोलबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने २९ जनालाई सम्मान गरेको हो ।
नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षतामा पार्टी केन्द्रीय कमिटीका सदस्य तथा झापा जिल्ला सहइन्चार्ज रविन कोइरालाको प्रमुख आतिथ्यमा उक्त सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।
नगर सचिव शेखर कडेलले सञ्चालन गरेको कार्यक्रममा नगर कमिटी अध्यक्ष भट्टराईले सम्मान कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पार्टी नेतृत्वले तात्कालिक अवस्थामा सम्पादन गर्नुपर्ने कार्यभारहरुको विषयमा प्रकाश पारेका थिए ।
सो अवसरमा पार्टी केन्द्रीय कमिटीका सदस्य तथा झापा जिल्ला सह इन्चार्ज रविन कोइराला, जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीलगायतले पार्टी कामलाई व्यवस्थित बनाउन गर्नुपर्ने कामहरुका बारेमा निर्देशनात्मक मन्तब्य राखेका थिए ।