२०८२ भदौ २४, मङ्गलवार , १२:५२:५१ बजे

Sajhamanch
'

जंगली हात्तीले चारआलीका ज्येष्ठ नागरिक कार्कीको ज्यान लियो

सोमवार, माघ १७, २०७८

मेचीनगर । जंगली हात्तीको आक्रमणबाट मेचीनगर नगरपालिका १३ का ७१ वर्षीय खम्बासिंह कार्कीको मृत्यु भएको छ ।

आज बिहान घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते कार्कीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो ।

उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

कार्कीको घर चारआली बजारस्थित इलाम रोड नजिकै रहेको छ । पाँच दिन अघिमात्र दमकमा खेतमा पानी लगाउनका गएका ६३ बर्षीय गणेशबहादुर अधिकारीलाई समेत जंगली हात्तीले मारेको थियो ।

सम्बन्धित खबर