२०८१ साउन ११, शुक्रवार , १०:४६:४५ बजे

Sajhamanch
'

हायर पर्चेस कर्जामा नयाँ व्यवस्था, धितो मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने

सोमवार, माघ १७, २०७८

काठमाडौ, हायर पर्चेस कर्जा औसत ब्याजदरमा ४ प्रतिशतभन्दा बढी लिन नपाउने व्यवस्था गरेको छ। राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्थालाई संशोधन गर्दै उक्त व्यवस्था गरेको छ।

कम्पनीले कर्जा प्रवाह गर्दा धितो मूल्यको अधिकतम ८० प्रतिशतसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ। संशोधनमा हायर पर्चेज दिने कम्पनीले एउटै ग्राहक, फर्म, कम्पनी वा समुहलाई खुद सम्पत्तिको ३० प्रतिशतसम्म कायम गरेको छ।

हायर पर्चेस कर्जा दिने कम्पनीको न्यूनतम चुक्ता पुँजी ३० करोड हुनुपर्ने व्यवस्था गरेको छ। हायर पर्चेज कर्जा भन्नाले कृषि, औद्योगिक, व्यवसायिक वा निजी प्रयोजनका लागि कुनै पनि व्यक्ति, फर्म, कम्पनी वा संस्थालाई सवारी साधन, मेसिनरी औजार, उपकरण खरिद गर्नका लागि किस्ताबन्दीमा फिर्ता गर्दै सम्पुर्ण किस्ता भुक्तानी भइसकेपछि स्वामित्व हस्तान्तरण हुने गरी प्रदान गरिएको कर्जा वा सापटी हो।

सम्बन्धित खबर