२०८१ पौष १९, शुक्रवार , ०८:४४:४५ बजे

Sajhamanch
'

वीरता जेसीजको स्थापना दिवसमा संस्थापक अध्यक्ष तथा राष्ट्रियसभा सदस्य वस्नेतलाई सम्मान

शनिवार, माघ १५, २०७८

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको वीरता जेसीजले पहिलो पटक स्थापना दिवस मनाएको छ । सन् १९८१ मा स्थापना भएको वीरता जेसीजले स्थापनाको ४१ औं वर्षमा स्थापना दिवस मनाएको हो ।

वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविण खड्का निर्वाचित भएर कार्यभार सम्हालेसंगै खड्काले आफ्नो कार्यकालमा नयाँ कार्यको थालनीको रुपमा पहिलो पटक स्थापना दिवस मनाउन शुरु गरिएको बताए ।

सन् १९८१ मा वीरता जेसीज स्थापना भए पनि यसभन्दा पछाडी वीरता जेसीजको स्थापनाकाललाई भुल्दै गएकाले वीरता जेसीज सन् २०२२ को नेतृत्व सम्हालेसंगै प्रत्येक वर्षको माघ १५ गतेलाई वीरता जेसीजको स्थापना दिवसको रुपमा मनाउन शुरु गरिएको उनले बताए ।

यस वर्षदेखि शुरु गरिएको वीरता जेसीजको स्थापना दिवस मनाउने कार्यलाई आगामी वर्षमा समेत निरन्तरता दिइने उनले बताए । वीरता जेसीजले ४१ औं स्थापना दिवस वीरता जेसीजका संस्थापक अध्यक्ष जेसीआई सिनेटर गोपालकुमार वस्नेतलाई सम्मान गरेर मनाएको हो ।

सन् १९८१ मा वीरता जेसीज स्थापना गरी त्यसवेलाको सुरुवाती संघर्षपूर्ण दिनहरुमा संस्थालाई अगाडी वढाउँदै सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा क्रियाशिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थापक अध्यक्ष जेसीआई सिनेटर गोपालकुमार वस्नेतलाई सम्मान गरिएको वीरता जेसीजका अध्यक्ष खड्काले बताए ।

वीरता जेसीजका संस्थापक अध्यक्ष बस्नेत राष्ट्रिय सभा सदस्य हुन् । गत माघ १२ गते सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा राष्ट्रियसभाको निर्वाचनमा प्रदेश नं–१ बाट राष्ट्रियसभा सदस्यमा उनी निर्वाचित भएका थिए ।

वीरता जेसीजका संस्थापक अध्यक्ष बस्नेत राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर वीरता जेसीजको मात्र नभएर समस्त झापावासीको गरिमा बढाएको भन्दै उनलाई सम्मान गरिएको वीरता जेसीजका अध्यक्ष खड्काले बताए ।