काठमाडौ, नेकपा(एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठक आज बस्ने भएको छ । बैठक भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार दिउँसो ३ बजे बस्नेछ । बैठकमा दुईवटा एजेण्डामा छलफल गरिने बताइको छ ।
समयमै स्थानीय निर्वाचन गराउन सत्तारूढ गठबन्धनलाई दवाव दिने र जनसंगठन सञ्चालन निर्देशिका पारित गर्ने विषयमा बैठकमा छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
संयन्त्रको संयोजकमा भानुभक्त ढकाल रहेका छन् । एमालेले १० औं महाधिवेशनपछि जनसंगठन समन्वय संयन्त्र निर्माण गरेको थियो ।