गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाले पालिकामा कार्यरत स्वास्थ्य शाखाका कर्मचारीहरुको सेवा सुविधा डबल वनाएको छ । आफ्नो पालिकाको स्वास्थ्य शाखाका कर्मचारीको सेवा सुविधा डबल बनाएर स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्दै २४ घण्टे सेवालाई ब्यवस्थित गरेको गाउँपालिकाले जनाएको छ ।
नोवल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण राज्यले घोषणा गरेको लकडाउनको समयमा पनि सक्रिय भएर काम गर्नुपर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्न गाउँपालिकाले यस्तो योजना बनाएको हो । गौरीगञ्ज गाउँपालिकाको लगभग २४ किलोमिटर जमिन भारतसँग खुल्ला सिमानाको रुपमा जोडिएको छ । कोरोनाको कारण विश्व महामारीको समयमा मानिसहरु भारततर्फवाट नेपाल भित्रनसक्ने कुरालाई मध्यनजर गर्दै सिमा सुरक्षा संयन्त्र बढाएको गाउँलालिकाले २४सै घण्टा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ ।
वैदेशिक रोजगारीमा गएर फर्किएका नेपालीहरुको निगरानी र उनीहरुलाई सुरक्षित राख्नका लागि स्थापना गरिएका क्वारेन्टिनहरुमा स्वास्थ्यकर्मीहरु नियमित रुपमा काम गरिरहेको गाउँपालिकाका स्थास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए । नियमित औषधी सेवन गरिरहेका नागरिकहरुका लागिसमेत औषधीको अभाव हुन नदिनका लागि गाउँपालिकाले विशेष ब्यवस्थापन गरेको जनाइएको छ ।