२०८१ पौष १७, बुधवार , ०२:२९:५० बजे

Sajhamanch
'

शिवसताक्षीको क्वारेन्टाइनमा १५ जना, ३ जना घर फर्किए

मङ्गलवार, चैत २५, २०७६

शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा रहेको क्वारेन्टाइनमा बस्नेको सख्या १५ पुगेको छ ।

कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न देशबाट नेपाल फर्किएर क्वारेन्टाइनमा बस्नेको सख्या १५ पुगेको हो ।

क्वारेन्टाइनमा बस्ने तीन जनाले भने १४ दिन पुरा गरी घर फर्किएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भारतबाट नेपाल फर्किएका मेची नगरको क्वारन्टइनमा राखिएको ३ जनालाई २४ गते शिवसताक्षीको क्वारेन्टाइनमा राखिएको छ ।

उनीहरु शिवसताक्षी नगरपालिका वडा नं. ११ का २ जना र वडा नं. ९ का एक जना रहेका नगरपालिकाल सुचना अधिकृत डिल्ली नेपालले जानकारी दिए । अन्य भने दुवई, कतार र मलेशियाबाट आएका बताएको छ । नगरको वडा नं. ८ मा एक जनालाई होम क्वारेन्टाइनमा राखिएको छ ।

नगरपालिकाले बनाएको क्वारेन्टाइनमा स्वास्थ्य परीक्षणका लागि दिउँसो र रातीका दुई ओटा स्वास्थ्यकर्मीको टोली खटाइएको उपप्रमुख भोजकुमारी नेपालले बताइन् । उनले भनिन्, हामीले त्यहाँ वस्नको लागि सम्पूर्ण सुविधा दिएका छौ, जसलाई आफ्नो घरमा बसे भन्दा फरक छैन ।

क्वारेन्टाइनमा बस्नेहरुको लागि विहान चिया, खाजा र खानाको लागि राम्रो प्रवन्ध मिलाएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइन खटिएका सि.अ.हे.व. रोसन अधिकारीले प्रत्येक २ घण्टामा उनीहरुको तापक्रम मापन गरिएको बताए । उनका अनुसार हालसम्म उहाँहरुमा कुनै समस्या देखिएको छैन ।

क्वारेन्टाइनमा एम्बुलेन्स र सुरक्षा कर्मी पनि तैनाथ राखिएको छ । नगरपालिकाले क्वारेन्टाइनमा बस्नेहरुका लागि वाइफाई समेत सुविधान व्यवस्था गरेको छ । नगरपालिकाले वडा नं. ११ स्थित साविकको झरना प्राथमिक विद्यालयमा क्वारेन्टाइनको व्यवस्था मिलाएको छ ।

 

सम्बन्धित खबर