कमल । विश्वव्यापी महामारीका रुपमा फैलिँदै गरेको नोवल कोराना भाइरस (कोभिड–१९) को नियन्त्रण र रोगथामका लागि सेल्फ क्वारेन्टाइनमा बसेका कमल गाउँपालिकाका नागरिकको घरघरमा पुगेर स्वस्थ्य परीक्षण गरिएको छ ।
कमल गाउँपालिका स्वस्थ्य शाखाको टोलीले जनप्रतिनिधि समेतको साथ लिएर सेल्फ क्वारेन्टाइनमा बसेका ७२ जनाको स्वास्थ्य परीक्षण गरेका हुन् । स्वस्थ्य परीक्षण गरिएका नगरिकमा कुनै समस्या नआएको कमल गाउँपालिका स्वस्थ्य शाखा प्रमुख बाबुराम थुलुङ्गले जानकारी दिएका छन् ।