२०८१ मंसिर १५, शनिवार , ०३:०५:३० बजे

Sajhamanch
'

स्थानीय सरकारलाई नेकपा चुलचुली १ को साथ

आइतवार, चैत १६, २०७६

चुलाचुली (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुलाचुली १ नम्बर वडाकमिटीले स्थानीय सरकार र विपद् व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

विश्वव्यापी फैलिँदै गरेको कोराना भाइरस (कोभिड– १९) को नियन्त्रण र रोकथाममा लागिरहेको पालिका सरकारलाई सहयोग पुगोस् भन्ने हेतुले वडामकिटीले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको जनाइएको छ ।

नेकपाले धारासहितको ड्रम १४ थान, डिटोल साबुन २० थान, मास्क र ग्लोव ३०–३० थान तथा नगद एक हजार १०० रुपैयाँ प्रदान गरेको हो । विपद् व्यवस्थापन समितिका संरक्षक प्रदिपचन्द्र राई, संयोजक पूर्णकुमार लावती, स्वस्थ्य शाखा प्रमुख दुष्यन्त दाहाललाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

चुलाचुली गाउँपालिकाको प्राङ्गणमा आयोजित विशेष कार्यक्रममा नेकपा चुलाचुली वडानम्वर १ का संयोजक पृथ्वीराज राईसहितले ती सामग्री प्रदान गरेका थिए ।

सम्बन्धित खबर