२०८२ भदौ ११, बुधवार , ०५:०६:५१ बजे

Sajhamanch
'

कन्टेनरभित्र लुकेर आएका ५२ जना पक्राउ

बुधवार, चैत १२, २०७६

वीरगञ्ज । सरकारले लगाएको लकडाउन उल्लंघन गर्दै कन्टेनरभित्र लुकेर वीरगञ्ज आएका ५२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट चितवनको भरतपुर, हेटौंडा हुँदै वीरगञ्ज आइपुगेका ५२ जनालाई मंगलबार मध्यराति वीरगञ्जको घण्टाघरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौंमा सामान छाडेर वीरगञ्ज फर्किँदै गरेको ना५ख ९५५२ नम्बरको कन्टेनरमा लुकेर उनीहरू वीरगञ्ज पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरूले कन्टेनर चालकलाई २–२ सय रुपैयाँ भाडा तिरेका थिए ।

सम्बन्धित खबर