२०८२ जेठ २६, सोमवार , ०७:४५:५४ बजे

Sajhamanch
'

सौतेनी आमाको हत्या गरी फरार प्रतिवादी पक्राउ

मङ्गलवार, चैत ४, २०७६

धादिङ । १८ वर्षअघि सौतेनी आमाको हत्या गरी फरार भएका प्रतिवादी धादिङबाट पक्राउ परेका छन्।

धादिङ थाक्रे गाँउपालिका वडा नंं.६ रानीबारी बस्ने ५८ वर्षका कान्छा थापा भन्ने रण बहादुर थापालाई आज केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो।

उनलाई ब्युरोले पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको ब्युरोले जनाएको छ।

उनले २०५८ साल माघ १४ गते अंशसम्बन्धी विवादको कारण सौतेनी आमा साइली थापालाई आफ्नै घरभित्र घाँटी थिची हत्या गरेका थिए।

घटनापश्चात फरार रहेका कान्छा लामो समयसम्म काठमाको टेकुमा लुकीछिपी बस्दै आएका थिए भने पछिल्लो समय आफ्नै घरमा गएर बसेका थिए।

सेतोपाटी

सम्बन्धित खबर