बिर्तामोड । ‘मिस नेपाल २०२०’ को नयाँ आवेदन खुला गरिएसँगै बिर्तामोड अडिसनका लागि आयोजक टिम बिर्तामोड आइ पुगेको छ ।
मिस नेपालको आयोजक संस्था ‘द हिडन ट्रेजर’ले स्थापनाको २५ औं वर्ष मनाइ रहँदा ‘मिस नेपाल २०२०’ को अडिसनका लागि हिडन ट्रेजरको टिम बिर्तामोड आइ पुगेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।
यो वर्षबाट ‘द हिडन ट्रेजर’को कान्तिपुर टेलिभिजन मिडिया पार्टनर रहेको प्रतियोगिताका लागि मार्च २७ सम्म आवेदन खुल्ला गरेको हिडन ट्रेजर’का डाइरेक्टर सुवर्ण क्षेत्रीले जानकारी दिए ।
यस वर्षको मिस नेपालको फिनाली १५ मे शुक्रबारका दिन मिस नेपालको हस्पिटालिटी पार्टनर दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना गरिने क्षेत्रीले बताए ।
मिस नेपाल अडिसनका लागि आयोजक टिम ८ देखि २४ मार्चसम्म काठमाडौंसँगै देशका सातैवटा प्रदेशका मुख्य मुख्य सहरहरुमा जाने छ । जसमा बिर्तामोड अडिसनको अभिमुखीकरण कक्षा मार्च १२ र अडिसन १३ मा आयोजना हुने ड्रीम वाल्ड इन्ट्ररटेन्डमेन्टका सन्चालक प्रणित पुडासैनीले बताए ।
उक्त पत्रकार सम्मेलनमा मिस नेपाल अर्थ २०१९ कि विजेता रिया बस्नेतको समेत उपस्थित रहेको थियो। सो प्रतियोगिताको विजेतालाई २ लाख ५० हजार प्रदान गरिने छ।