२०८२ भदौ ८, आइतवार , ०१:४३:१९ बजे

Sajhamanch
'

विप्लवका जिल्ला सदस्य हतियारसहित पक्राउ

बिहिवार, फागुन २२, २०७६

भोजपुर । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा भोजपुुरका जिल्ला सदस्य हतियारसहित पक्राउ परेका छन् ।

टेम्केमैयुङ गाउँपालिका–१ तिम्मा घर भएका विप्लव समूह जिल्ला सदस्य समुत परियारलाई हतियारसहित सोही गाउँपालिकाको कोटबाट पक्राउ गरिएको थियो ।बुधबार बिहान सुतिरहेका बेला परियारलाई प्रहरीले नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले जानकारी दिए ।

उनको साथबाट बम बनाउन प्रयोग गरिने डिटोनेटर दुई थान, थ्रीनट थ्री राइफलको गोली तीन थान, नेपाल टेलिकमको पाँच थान सिमकार्ड र एनसेलको एक थान सिमकार्ड बरामद गरीएको थियो । साथै परियारको साथबाट चन्दा असुली गरेको रसिद र पार्टीका केही दस्तावेज समेत बरामद गरीएको प्रजिअ पुरीले बताए ।

बिहिवार, फागुन २२, २०७६ | समाज