२०८२ कार्तिक ६, बुधवार , १०:१२:४१ बजे

Sajhamanch
'

मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको ज्यान गयो

शुक्रवार, फागुन ९, २०७६

सुनसरी । सुनसरीमा मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिका वडा नंं.३ स्थित राजमार्गमा मोटरसाईकलको ठक्करबाट ७२ बर्षीय मोतिलाल यादवको को मृत्यु भएको हो । बिहिवार अपरान्ह पउने ३ बजे को १२ प ३५८९ नम्बरको मोटरसाईकलले पैदल यात्री सोही स्थान बस्ने यादबलाइ ठक्कर दिदा गम्भिर घाईते भएका थिए ।

घाईते उनको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा बेलुका सँवा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।मोटरसाईकल चालक सप्तरी रूपनी बस्ने ३५ वर्षीय विकाश पोख्रेल समेत घाईते भएकोमा उनको जिल्ला अस्पताल ईनरूवामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

पूर्वेली

सम्बन्धित खबर