२०८२ कार्तिक ५, मङ्गलवार , १२:०६:११ बजे

Sajhamanch
'

एक व्यक्ति एक इँटा समर्पण अभियानका लागि इँटा प्रदान

मङ्गलवार, फागुन ६, २०७६

विर्तामोड । झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानका लागि पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौलाले इँटा प्रदान गरेका छन् ।

क्षितिज नाट्य समूह झापाको अगुवाईमा प्रदेश नं. १ कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको झापा नाटक घर निर्माणमा सवै जातजाति, भाषाभाषीको अपनत्व गराउने उद्देश्यले झापा नाटक घर निर्माण समितिको आह्वानमा शुरु गरिएको एक व्यक्ति एक इँटा समर्पण अभियानमा आप्mनो तेस्रो वैवाहिक वर्षगाठको अवसर पारेर निरौलाले तीन थान इँटा प्रदान गरेका हुन् ।

बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि झापाका सबै संघ–संस्थाहरुलाई उत्प्रेरणामुलक सन्देश दिने उद्देश्यले एक व्यक्ति एक इँटा समर्पण अभियानमा सहयोग पुर्याउन इँटा प्रदान गरेको उनले बताए । पछिल्लो समय जन्मदिन , विवाह वर्षगाठ लगायतमा फजुल खर्च गर्ने प्रवृत्ति वढ्दै गएकोले त्यसलाई निरुत्साहित गर्न यस्तो कार्य गरेको उनले बताए ।

सम्बन्धित खबर