२०८१ माघ १९, शनिवार , १०:५०:५८ बजे

Sajhamanch
'

ज्ञवालीको काँधमा आइजीपीको दर्ज्यानी चिन्ह

बुधवार, माघ २९, २०७६

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीलाई आज बिहान आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बुधबार बिहान गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रममा गृहसचिव महेश्वर न्यौपानेले आईजीपी ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मंगलबार दिउँसोको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी २७औं महानिरीक्षकमा ठाकुर ज्ञवालीलाई बढुवा गरेको थियो।

प्रदेश १ प्रहरी प्रमुख रहेका नायव महानिरीक्षक (डीआईजी) ज्ञवालीलाई मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी बनाएको हो । हालका आईजीपी सर्वेन्द्र खनालले मंगलबारबाटै ३० वर्षे सेवा अवधिका कारण अवकाश पाएपछि उनको स्थानमा ज्ञवालीलाई बढुवा गरिएको हो।

सम्बन्धित खबर