२०८१ पौष १२, शुक्रवार , १२:५०:३३ बजे

Sajhamanch
'

युनिकको १६औं वार्षिकोत्सवः युनिक प्रयास जारी

सोमवार, माघ २०, २०७६

मेचीनगर । युनिक इङ्लिस बोर्डिङ स्कूल मेचीनगर १२ सहरेडाँगीमा आज १६औं वार्षिकोत्सव सम्पन्न गरिएको छ । प्याब्सन नेपालका उपाध्यक्ष नारायणप्रसाद घिमिरेको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद रिमालको अध्यक्षतामा वार्षिकोत्सव सम्पन्न गरिएको हो ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथि घिमिरेले विद्यार्थी चितुवाजस्तै तीब्र गतिमा दौडिन तिक्ष्ण बुद्धि चाहान्छन् । शिक्षकहरुले पनि सोही गतिमा विद्यार्थीलाई ज्ञान नदिने हो भने उनीहरुको भविष्य नबन्ने भएकाले शिक्षकहरुले अत्याधिक अध्ययन गर्नुपर्ने सुझाव दिए ।

अभिभावक र शिक्षकहरुले बालबालिकाको भविष्य निर्धारण गर्नुपर्ने भएकाले उनीहरुले धेरै टेलिभिजन हेरे, मोवाइल हेरे भनेर आत्तिनुको साटो उनीहरुले कस्ता सामग्री हेर्दैछन्, शिक्षामुलक छ कि कुलतमा लाग्ने खालको छ जस्ता विषयमा ध्यान दिन सुझाव दिए । शिक्षकहरुलाई पानीको ट्याङ्की र विद्यार्थीलाई सो मा जोडिएको धाराको संज्ञा दिँदै प्याब्सन नेपालका उपाध्यक्ष घिमिरेले ट्याङ्कीमा रहेको पानी फोहोर भएमा धाराबाट पनि फोहोर पानी नै आउने भएकाले शिक्षकले ध्यान दिनुपर्ने औंल्याए ।

सो कार्यक्रममा विद्यालयका विभिन्न कक्षाका विद्यार्थीहरुले लोकगीत, आधुनिक तथा राष्ट्रिय गीतहरुमा नृत्य प्रस्तुत गरेका थिए । लोकसंस्कृति समेत झल्कने किसिमका तामाङ सेलो, साकेला नृत्य, सोलो डान्स, नाटक तथा प्रहसन, करातेको प्रदर्शन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल विष्णु रिमालले मन्तब्य राख्दै अभिभावकहरुको यस्तै सहयोग पाइरहेमा आगामी वर्षदेखि कक्षा ११ र १२ को कक्षा पनि सञ्चालन गर्ने योजना बनाइएको बताए ।

विद्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव कार्यक्रममा सहभागी अतिथिसहित अभिभावकहरुलाई कक्षा ८ मा अध्ययनरत कुशुम मिश्रले मन्तब्यबाट स्वागत गरेकी थिइन् । सञ्जय निरौलाले मुख्य कार्यक्रम तथा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको सञ्चालन गरेको सो कार्यक्रममा प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष गौरीमान फागोलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

 

सम्बन्धित खबर