२०८१ मंसिर ९, आइतवार , ०४:३७:०४ बजे

Sajhamanch
'

हात्तीपाइले रोग विरुद्ध आम औषधी सेवन कार्यक्रम सम्वन्धि अन्तरक्रिया

शुक्रवार, माघ १७, २०७६

कमल । माघ २५ गते बाट देश व्यापी रुपमा एकैसाथ हात्तीपाइले रोग निवारण अभियान २०७६ अन्तर्गत दमक नगरपालिकामा अन्तरक्रिया गरिएको छ ।

दमक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा संघ संस्थाका प्रतिनिधि र सञ्चारकर्मी बीच अन्तरक्रिया गरिएको हो ।
यो पटक दमकमा ७० हजार भन्दा वढी व्याक्तिलाई आम औषधी सेवन कार्यक्रम अन्तर्गत हात्तिपाईले रोग विरुद्धको औषधि खुवाएर कार्यक्रमलाई प्रभावकारी बनाउन दमक अस्पतालका सिनियर अहेव नगेन्द्र भट्टराईले बताए । उनले हात्ती पाइले रोग निवारणका लागि जनप्रतिनिधी, शिक्षक, स्वाथ्यकर्मी लगायत सबैको सहभागिता भए मात्र औषधी सेवनको कार्यक्रम प्रभावकारी हुन जानकारी दिए । हात्तिपाईले रोग निवारण अभियान अन्तरगतको आम औषधी सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सञ्चाकर्मी लगायत सबैको महत्वपूर्ण हुने भएकोले सबै लागे मात्र अभियान सफल हुने सञ्चारकर्मी टिकाराम उप्रेतीले बताए ।

औषधी सेवन कार्यक्रम आम जनसमुदाय र पत्रकारको मुख्य भूमिका रहने दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बराल बताउँछन् । एक पटक खादा सधैलाई वरदान, नखाँदा अभिसाप हुने भएकोले हात्तीपाइले रोग विरुद्धको औषधी अनिवार्य रुपमा खान र आफुलाई जिवनभर अशक्त, असमर्थ र अपाङ्ग हुनबाट बचाउन दमक नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवृक्ष चौधरीले जानकारी दिए ।

हात्तीपाइले रोग लामखुट्टेको टोकाईबाट सर्ने भएकोले यो औषधी २ वर्ष भन्दा मुनिका बालबालिका, ७० वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक, दिर्घ रोगी र गर्भवती महिला र ७ दिनका सुत्तकेरी महिला वाहेक सवैले अनिवार्य रुपमा औषधि सेवनगर्नु पर्ने हुन्छ ।
आठौं पटकसम्म आम औषधी सेवन कार्यक्रम सम्पन्न भैसकेको छ । यस पटकको कार्यक्रममा झापा मा ९ लाख २० हजार ८ सय ५५ जना जनता मध्ये २ वर्ष भन्दा कम उमेरका वालवालिका, ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक, दिर्घ रोगी र गर्भवती महिला वाहेक ८ लाख भन्दा बढीलाई औषधी सेवन गराउन ६ सय ३१ जना स्वास्थ्यकर्मी परिचलन हुने स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले जानकारी दिए । यो औषधीले कुनै प्रकारको असर गर्दैन सेवन गर्दा समान्य रिगटा लाग्नु स्वभाविक भएकोले ढुक्कसंग औषधी सेवान गर्न स्वास्थ्य कार्यलय झापाले अनुरोध गरेको छ ।

सम्बन्धित खबर