२०८१ असोज ४, शुक्रवार , ०३:०५:३० बजे

Sajhamanch
'

सन्दर्भको सेवा केन्द्र बिर्तामोडमा पनि सुरु

बिहिवार, माघ १६, २०७६

बिर्तामोड । झापाको कनकाई नगरपालिका वडा नं. ९ घैलाडुव्बामा अवस्थित सन्दर्भ बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा बिहीबारबाट सेवाकेन्द्र खोलेर कारोबार शुरु गरेको छ ।

सरस्वती पूजाको अवसर पारेर बिर्तामोडको शनिश्चरेरोड सिवी कम्प्लेक्समा सेवाकेन्द्र स्थापना गरी कारोबार शुरु गरेको संस्थाका अध्यक्ष अरुण राजवंशीले जानकारी दिए । २०७० सालमा स्थापना गरिएको संस्थाले बिर्तामोड नगरपालिका क्षेत्रका बासिन्दालाई वित्तीय सेवा पुर्याउने उद्देश्यले बिर्तामोडमा सेवाकेन्द्र स्थापना गरेको अध्यक्ष राजवंशीले बताए ।

अध्यक्ष राजवंशीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंको प्रमुख आतिथ्यमा सेवा केन्द्र उद्घाटन गरिएको हो । उपप्रमुख प्रसाईंले संस्थाको शेयर खरिद गरी बचत कारोबार गरेर सेवाकेन्द्रको शुभारम्भ गरेकी थिइन् ।

संस्थाका संस्थापक अध्यक्ष तथा कनकाई नगरपालिका ९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशी, त्रिनारायण राजवंशी, कोचिला गाभुर फ्रन्टका अध्यक्ष अभय राजवंशी, राजवंशी धर्म संस्कार समितिका अध्यक्ष लखनलाल राजवंशी, व्यवसायी गौरीशंकर गुप्ता लगायतले आ–आफ्ना भनाई राखेका थिए ।

बिहिवार, माघ १६, २०७६ | सहकारी

सम्बन्धित खबर