बिर्तामोड । मारवाडी महिला मन्च बिर्तामोडका सदस्यहरुको अग्रसरतामा १५७ जना विद्यार्थीहरूलाई १–१ जोर जुत्ता मोजासहित शैक्षिक सामग्री (कापी, स्कुल ब्याग, ज्याकेट)लगायत अन्य खाध्य सामग्री प्रदान गरिएको छ ।
अर्जुनधारा ७ मा अवस्थित अरूणोदय स्कूलमा अध्यननरत आर्थिक रूपमा कमजोर बालबालिकाहरूलाई लक्षित गरी उक्त सहयोग गरिएको अध्यक्ष रीता चित्तलांगियाले जानकारी दिएकी हुन् । हिजो माघ १४ गते विद्यालय प्राङ्गणमा नै विशेष कार्यक्रमको आयोजना गरी ती बालबालिकालाई जुत्ता, मोजा, स्टेशनरी तथा खाद्यवस्तु प्रदान गरिएको हो ।
उक्त कार्यक्रममा मारवाडी महिला मन्चका केन्द्रीय कोषाध्यक्ष शीला धानुका, निवर्तमान अध्यक्ष दीपा खेडिया, मारवाडी सेवा समितका अध्यक्ष पवन खेडिया, मारवाडी महिला मन्चकी पूर्व अध्यक्ष रेनू मंगलसहित अर्जुनधारा वडा नं. ७ का अध्यक्ष नवराम ढुंगानाको सहभागिता थियो ।
मारवाडी महिला मन्च बिर्तामोडका अध्यक्ष रीता चित्तलांगियाको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन मन्चका सचिव चाँदनी अग्रवालद्वारा गरिएको थियो।