सुनसरी । सुनसरीमा एक बालकको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । सुनसरीको हरिनगरा–१ बस्ने नौसाद अन्सारीको छोरा १ वर्षीय नाबालकको पानीमा डुबेर मृत्यु भएको हो ।
मंगलबार अपरान्ह ५ बजे आफ्नै घरमा खेल्ने क्रममा पानी भरेको बाल्टिनमा डुबिरहेको अवस्थामा नाबालकलाई फेला पारेको र उनलाई उपचारार्थ लैजाने क्रममा बाटोमै मृत्यु भएको भनी आफन्तले प्रहरी चौकी भुटाहमा जानकारी गराएका थिए ।