कमल । कमल गाउँपालिका ३ स्थित उद्यमशिल महिला जागण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती (दाहाल) ले आज आफ्नो जन्मदिनको अवसरमा छात्रावृत्ति प्रदान गरेकी छिन् ।
पछिल्लो समय जन्मदिन मनाउने क्रममा होटेल तथा पाटिप्यालेसमा हुनेगरेको फजुल खर्चलाई निरुत्साहित गर्दै त्यो बापतको खर्च सामाजिक काममा सदुपयोग होस भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गरेको दाहालले बताईन् ।
जन्मदिनको अवसरमा प्रदान गरिएको छात्रावृत्ति मदन आश्रित बहुमुखी क्याम्पस वि एड प्रथम वर्ष सुचना प्रविधि विषयमा अध्ययनरत छात्रा तीर्थामाया तामाङ्गले क्याम्पसलाई एक वर्ष बुझाउनु पर्नेे शुल्क वापतको ९ हजार रुपेयौको चेक कार्यक्रमका प्रमुख अतिथी मेनुका काफ्ले मार्फत क्याम्पसलाई प्रदान गरिएको थियो ।
तामाङ्गको स्थायी घर पाँचथर लिम्वा भए पनि अन्यन्त न्युन आर्थिक स्थिति कारण कमल गाउँपालिका ३ स्थित दिदी भिनाजुको घरमा वसेर अध्ययन गरिरहेकी छन् । यो रकमले उनलाई अध्ययन गर्नमा थप हौसला मिलेको क्याम्पस प्रमुख उमानाथ अधिकारीले जानकारी दिए ।
क्याम्पस व्यवस्थापन समितीका अध्यक्ष चक्र गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन क्याम्पसका प्राचार्य गोविन्द पौडेलले गरेका थिए ।