२०८३ वैशाख २० आइतवार , ०२:१६:०४ बजे

Sajhamanch
'

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ घटेको छ । चाँदीको बढेको छ । सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार सुनको भाउ तोलाको दुई लाख ९६ हजार १०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदी तोलामा ६५ रुपैयाँले बढेको छ । चाँदी आज तोलामा पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । अस्ति शुक्रबार चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ रहेको थियो ।

आइतवार, वैशाख २०, २०८३ | अर्थतन्त्र, समाज