२०८३ वैशाख २० आइतवार , ११:०३:०५ बजे

Sajhamanch
'

रास्वपाको सचिवालय बैठक बस्दै, यी विषयमा हुनेछ छलफल

आइतवार, वैशाख २०, २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (आइतबार) बस्दै छ । आइतबार दिउँसो साढे १२ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाइएको छ ।रास्वपाको सचिवालय बैठकमा छलफलका लागि मुख्य तीन एजेन्डा तय गरिएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनमा आइतबार ९वैशाख २०० सचिवालय बैठक बोलाइएको हो ।

बैठकमा स्थानीय तह उमेदवार छनोट रूपरेखा २०८३ का विषयमा छलफल गरिने रास्वपाले जनाएको छ ।त्यस्तै, महाधिवेशन कार्यविधि २०८३ र संसदीय दलको विधान संशोधन सम्बन्धमा छलफल गरिने जनाइएको छ ।