२०८३ वैशाख १७ बिहिवार , ११:०३:०६ बजे

Sajhamanch
'

शेखर समूहले पनि बोलायो प्रदेशस्तरीय भेला

बिहिवार, वैशाख १७, २०८३

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बस्दैछ। कोइरालाले आफ्नो समूहको बागमती प्रदेशस्तरी भेला बोलाएका हुन्।

बैठकमा निवर्तमान केन्द्रीय सदस्य, बहालवाला केन्द्रीय सदस्य (विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति), सांसद र पूर्वसांसदहरु, जिल्ला सभापति, पूर्वजिल्ला सभापतिहरु, क्षेत्रीय सभापतिहरुलाई बोलाइएको छ।

बैठक बिहान ८ बजेदेखि बालुवाटारस्थित ओपेरा होटलमा सुरु हुने कोइरालाको सचिवालयले जनाएको छ। यसअघि बुधबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पनि आफ्नो समूहको बैठक बोलाएर छलफल गरेका थिए।

विशेष महाधिवेशनपछि कांग्रेस एकतावद्ध हुनसकेको छैन। एक समूहले अर्को समूहलाई स्वीकार्न नसक्दा पार्टीमा समानान्तर गतिविधिहरु सञ्चालन भइरहेका छन्।

सम्बन्धित खबर