
काठमाडौं । नेपाली कांग्रेसले नयाँ वर्षको दिनबाट सात उद्देश्यसहित जरा अभियान सुरु गरेको छ ।
सभापति गगन थापाले काठमाडौं-३० बाट क्रियाशील सदस्यता अद्यावधिक गर्दै जरा अभियान सुरु गरेका हुन् ।
वैशाख महिनाभर चल्ने अभियान क्रममा राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह हुने बताएको छ । यस अभियानले स्थानीय तहसम्म पार्टी जागरण र रूपान्तरण क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य हुने कांग्रेसले बताएको छ ।अभियानबारे कांग्रेसका प्रवक्ता देवराज चालिसेले भनेका छन्,ुुरूखको जरा गोडमेल गर्दै पार्टीको पुनर्ताजगीका लागि अभियान अघि बढेको हो ।गत फागुन २१ को निर्वाचनपश्चात् कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको छ । यस अभियानले पार्टीको भूमिका सबल बनाउँदै देश, प्रणाली र समाज सबल बनाउने ध्येयमा केन्द्रित रहेको कांग्रेसले बताएको छ ।
यसको अर्को लक्ष्य दलहरूबीच राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र समग्रमा राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र सहकार्य निर्माण गर्नु रहेको कांग्रेसको भनाइ छ । ुुदलबीच भावनात्मक जरा बलियो बनाउन आवश्यक नीतिगत, कानुनी र संरचनागत विषयमा पहल, संवाद र सहकार्य गर्ने अभियानको उद्देश्य रहेको छ,ुु प्रवक्ता चालिसेले भने ।
त्यस्तै, संविधान संशोधनको प्रश्नमा जनविचार जान्ने अभियानको उद्देश्य रहेको कांग्रेसले बताएको छ ।कांग्रेस सहभागि प्रदेश सरकारलाई सबल बनाउने लक्ष्य पनि अभियानले राखेको छ । यस्तै,स्थानीय सरकार सञ्चालन प्रवाहका लागि पनि अभियानले प्रोत्साहन गर्ने प्रवक्ता चालिसेले बताए ।
त्यस्तै, नवयुवाहरूसँग अनेक तहमा संवाद, तीनको सोच र सपनाअनुरूप रूपान्तरण र गतिका लागि पनि कांग्रेसले अभियान अघि बढाएको हो ।जातीय, वर्गीय, धार्मिक, सामाजिक र सांस्कृतिक समूहबीच सद्भाव अभिवृद्धिमा अभियान केन्द्रित रहेको नेता चालिसेले जानकारी दिए ।
पार्टीको १५औँ महाधिवेशन तयारी उत्साह र नवीन विश्वासका साथ अघि बढाउने अभियानको उद्देश्य रहेको छ।


