२०८२ चैत ३० सोमवार , ११:३९:२९ बजे

Sajhamanch
'

काफ्ले बन्धुहरूले पाए झापा जिल्ला र काेशी प्रदेशमा नयाँ नेतृत्व

सोमवार, चैत ३०, २०८२

झापा । काफ्ले बन्धु समाज नेपाल झापाको तेस्रो र कोशी प्रदेशको दोस्रो अधिवेशन शनिबार एकैसाथ सम्पन्न भएको छ । झापाको कनकाईधाममा दुईवटै तहकाे अधिवेशनमार्फत  नयाँ कार्यसमिति चयन गरिएको हो ।

गत भदाै १४ गते सुन्दरहरैंचामा आयाेजित कार्यक्रममा काफ्ले बन्धुहरूका तीनवटा अलग अलग संस्थाहरूबीच कार्यगत एकता हुँदा गरिएकाे सहमतिका आधारमा पहिलाेपटक सबै संस्थाहरूकाे सहभागितामा सामुहिक नेतृत्व चयन गरिएकाे हाे ।

काफ्ले समाज काठमाडौ, काफ्ले बन्धु कल्याण समिति माेरङ र काफ्ले बन्धु समाज सुनसरी बीचमा सहमति गरिएकाे थियाे ।

झापाको अधिवेशनले तातकालीन सचिव नारायणप्रसाद काफ्ले (गौरादह)–को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हाे । कार्यसमितिको उपाध्यक्षमा हेमराज काफ्ले (हल्दिबारी), महिला उपाध्यक्षमा दुर्गाकुमारी काफ्ले (दमक), सचिवमा रमेशकुमार काफ्ले (अर्जुनधारा), सहसचिवमा रोहित काफ्ले (भद्रपुर) र कोषाध्यक्षमा होमनाथ काफ्ले ( मेचीनगर) सर्वसम्मत चयन भए ।

सदस्यहरुमा कमल काफ्ले (मेचीनगर) पोष्टप्रसाद काफ्ले (बिर्तामोड), युवराज काफ्ले (बिर्तामोड), लक्ष्मण काफ्ले (भद्रपुर) मञ्जु काफ्ले (दमक), सुजता ढकाल काफ्ले (दमक) र शरद काफ्ले (दमक) सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक शिवप्रसाद काफ्लेले जानकारी दिए ।

त्यसैगरी काेशी प्रदेश कार्यसमितिमा गौरादहका चिन्तामणि काफ्ले अध्यक्षमा चयन भएका छन् । उपाध्यक्षमा झापाका टुम्मनाथ काफ्ले, ताप्लेजुङका होमप्रसाद काफ्ले, सुनसरीका कृष्णप्रसाद काफ्ले र झापाका घनश्याम काफ्ले चयन भए ।

महासचिवमा मोरङका चिरञ्जीवी काफ्ले र सचिवमा झापाका भुवानीप्रसाद काफ्ले चयन भएका छन् भने सदस्यमा मोरङका बेदप्रसाद काफ्ले र झापाका कुमार काफ्ले चयन भएका छन् ।

समाजका झापा अध्यक्ष गोपाल काफ्ले र कोशी प्रदेश अध्यक्ष चन्द्रमणि काफ्लेले संयुक्त रुपमा अध्यक्षता तथा झापाका सचिव नारायण काफ्ले र प्रदेशका महासचिव शिवहरि काफ्लेले संयुक्त रुपमा सञ्चालन गरेको समारोहमा प्रदेश उपाध्यक्ष दुर्गा खनाल काफ्लेले शाब्दिक स्वागत गरेकी थिइन् ।

समारोहमा ज्येष्ठ बन्धु तथा उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको थियो । काफ्ले समाज झापाले ८० वर्षमाथिका ७ जना ज्येष्ठ माता–पितालाई सम्मान गरेकाे हाे । उनीहरूलाई दोसल्ला तथा नगदसहित मिठाे खानेकुरा दिएर सम्मान गरिएको काफ्ले समाज झापाले जनाएको छ।

सोही अवसरमा कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई पनि सम्मान गरियो । काफ्ले बन्धुका सन्तानमध्ये उत्कृष्ट नतिजा ल्याउने दमकका चन्द्रप्रसाद काफ्ले र जानुका काफ्लेकी छोरी निशा काफ्ले तथा शिवसताक्षी निवासी नीरप्रसाद काफ्ले र कमला काफ्लेका छोरा निश्चल काफ्लेलाई सम्मान गरिएको हो। उनीहरूलाई मुकुन्द स्मृति अक्षयकोषमार्फत जनही २,५०० रुपैयाँ नगद प्रदान गरिएको थियो । उनीहरुलाई प्रमुख अतिथि काफ्ले समाजका पूर्व केन्द्रीय अध्यक्ष गुणराज काफ्ले, कोषकी संस्थापक दुर्गा खनाल काफलेलगायतले छात्रबृत्तिसहित सम्मानपत्र प्रदान गरेका थिए ।

समारोहमा काफ्ले बन्धु समाज नेपालले प्रकाशन गरेकाे वि. सं. २०८३ सालकाे भित्तेपात्राे सार्वजनिक गरियाे । अधिवेशनमा झापा अध्यक्ष गोपाल काफ्लेले जिल्लाको अध्यक्षीय तथा संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रमेशकुमार काफ्लेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यस्तै, कोशी प्रदेशको प्रतिवेदन अध्यक्ष चन्द्रमणि काफ्लेले प्रस्तुत गरेका थिए । सबै प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

सम्बन्धित खबर