२०८२ चैत २९ आइतवार , १२:१६:५४ बजे

Sajhamanch
'

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

आइतवार, चैत २९, २०८२

काठमाण्डौ।  निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग गरेको छ ।परिषद्ले विज्ञप्ति जारी गरी निर्माण सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको जनाउँदै आपत्काल घोषणा गर्न माग गरेको हो । मध्यपूर्व युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेललगायत इन्धनजन्य सामग्रीमा पटक–पटक भएको मूल्य वृद्धिले निर्माण उद्योग ठप्प हुने स्थितिमा पुगेका परिषद्को भनाइ छ ।

इन्धन मात्र नभई बिटुमिन, सिमेन्ट, डण्डीलगायत अन्य अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा निरन्तर भइरहेको मूल्य वृद्धि र बजारमा देखिएको अभावले निर्माण व्यवसायीहरू मारमा परेका विज्ञप्तिमा उल्लेख छ ।

अहिलेको कानुनी व्यवस्थाबाट मूल्य समायोजन हुन नसक्ने देखिएकाले तत्काल ‘मूल्य समायोजनको मार्ग निर्देशिका–२’ जारी गर्नुपर्ने र सबै अवधिका ठेक्काहरूको हकमा मूल्य समायोजनको व्यवस्था गरी मूल्य वृद्धिको समस्याबाट पीडित सबै तह र तप्काका निर्माण व्यवसायीका समस्या तुरुन्त सम्बोधन गर्नुपर्ने परिषद्को भनाइ छ ।