२०८२ चैत २७ शुक्रवार , ०३:१०:४७ बजे

Sajhamanch
'

झापाको कनकाईमा आगलागी, तीन लाख बराबरको क्षति

शुक्रवार, चैत २७, २०८२

झापा । झापाको कनकाई नगरपालिका–६ स्थित चम्पापुर निवासी टंकप्रसाद फुयाँलको ग्वालीमा आगलागी हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ। गएराति करिब १० बजे फुयाँलको काठ र टिनको छानो भएको एकतले ग्वालीमा अचानक आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन।

घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट दुर्गापुर र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली, स्थानीय बासिन्दा तथा बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो करिब ४० मिनेटमा नियन्त्रणमा लिइएको थियो। आगलागीबाट परालको कुन्यू, करिब २० मन धान तथा काठ जलेर नष्ट हुँदा अन्दाजी तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

शुक्रवार, चैत २७, २०८२ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर