२०८२ चैत २४ मङ्गलवार , ०२:३२:४१ बजे

Sajhamanch
'

सुनचाँदीको भाउ सामान्य बढ्यो

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । सुनचाँदीको भाउ आज सामान्य बढेको छ ।

सुन आज तोलामा ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनसम्म स्थिर रहेको सुनको भाउ हिजो घटेर तोलाको २ लाख ९१ हजार ४०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको ४ हजार ७८० रुपैयाँ रहेको चाँदीको भाउ आज तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मङ्गलवार, चैत २४, २०८२ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर