२०८२ चैत २४ मङ्गलवार , ११:०२:११ बजे

Sajhamanch
'

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

मङ्गलवार, चैत २४, २०८२

काठमाडौं । प्रहरीले काठमाडौंको पिंगलास्थानमा गोली चलाएको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गएराति गोली चलाएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान हुने प्रहरीले जनाएको छ ।

यसअघि प्रहरीले सोमबार (चैत २३) बेलुका रूपन्देहीको रोहिणी गाउँपालिका–४ मा गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित खबर