२०८२ चैत २३ सोमवार , ११:२८:२६ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप :आज दुई खेल हुँदै

सोमवार, चैत २३, २०८२

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सोमबार सशस्त्र प्रहरी बलको विभागीय टिम एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशको सामना गर्दै छ ।खेलमा सुदूरपश्चिम लगातार पाँचौँ जित निकाल्दै शीर्ष स्थान जोगाउने लक्ष्यमा हुनेछ । तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमले ६ खेलबाट १० अंक जोडेको छ । सुदूरपश्चिमले ६ खेल खेल्दा पाँच जित र एक हार व्यहोरेको छ ।

एपीएफ भने तेस्रो जितको खोजिमा हुनेछ । तालिकाको छैटौँ स्थानमा रहेको एपीएफले ६ खेलबाट पाँच अंक जोडेको छ । एपीएफले दुई जित र तीन हारसहित यो नतिजा आत्मसाथ गरेको हो । एपीएफको एक खेल भने रद्द भएको थियो ।यी दुईबीचको खेलमा जनकपुरको रामजानकी बहुउद्देश्यीय रंगशालामा बिहान ९:३० बजे हुनेछ ।आजै, प्रतियोगिताको दोस्रो खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबविरुद्ध कर्णाली प्रदेशले चुनौती पेस गर्दै छ ।

खेलमा आर्मी पाँचौँ जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । प्रतियोगितामा अपराजित रहेको एक मात्र टोली रहेको आर्मी नौ अंकका साथ दोस्रो स्थानमा आसिन छ । आर्मीले पाँच खेल खेल्दा चार जितसहित यो नतिजा आत्मसाथ गरेको हो । आर्मीको एक खेल भने रद्ध भएको थियो ।यी दुईबीचको खेल वीरगन्जको नारायणी क्रिकेट मैदानमा बिहान ९:३० बजे हुनेछ ।