२०८२ चैत २३ सोमवार , ११:२९:१३ बजे

Sajhamanch
'

आज देखि सरकारी कार्यालय बिहान नौ बजे देखि अपरान्ह पाँच बजेसम्म

सोमवार, चैत २३, २०८२

काठमाडौं । आज चैत २३ गते देखिदेखि सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरु बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्।

हिजो बसेको बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि शैक्षिक संस्थाबाहेक सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म खुला रहने भएका हुन्।

अब सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएको छ। यद्यपि शैक्षिक संस्थामा भने यो नियम नयाँ शैक्षिक सत्र सुरु हुने दिन वैशाख १५ देखि लागू हुने सरकारले जनाएको छ।

तर जाडो याम कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म कायम रहने गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ।