२०८२ चैत २२ आइतवार , ०८:४३:५५ बजे

Sajhamanch
'

कुमार घैंटे समूहका सानुभाइ भनिने युवराज गुरुङ पक्राउ

आइतवार, चैत २२, २०८२

काठमाडौं । ‘सानुभाइ’ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । गुण्डागर्दीको आरोपमा पहिले पनि पक्राउ पर्दै र छुट्दै आएका गुरुङलाई गएराति सामाखुसीबाट पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए ।

गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार क्षेत्रमा घुमाएको थियो । त्यतिबेला गुण्डागर्दीमा संलग्नलाई ‘सबक’ सिकाउन भन्दै प्रहरीहरुले हतकडीसहित बजार घुमाएका थिए ।पछि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अभद्र व्यवहारको कसुरमा उनलाई १० हजार रुपैयाँ धरौटीमा छाडेको थियो ।लगत्तै फेरि कुटपिट र असुलीमा संलग्न भएको भन्दै उनी पक्राउ पर्ने र छुट्ने गरेका थिए ।

कुमार घैंटे समूहका सदस्य

प्रहरीको रेकर्ड अनुसार, सानुभाइ कुनै समय गुण्डा नाइके कुमार घैंटेको समूहमा सक्रिय व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा ३ भदौ २०७२ मा मारिएपछि उनी ‘बुलेट प्रुफ ज्याकेट’ लगाएर हिँड्न थालेका थिए ।

उनलाई हत्कडीसहित ठमेल घुमाउने बेला काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की थिए । अहिले उनी नेपाल प्रहरीको महानिरीक्षक छन् । प्रहरी अधिकारीहरुका अनुसार २५ पुस २०७२ मा सानुभाइ नुवाकोटबाट २८ बोर रिभल्बर र एउटा गोलीसहित पक्राउ परेका थिए । त्यसबेला उनले लगाएको बुलेट प्रुफ ज्याकेट पनि प्रहरीले बरामद गरेको थियो ।

उनका अनुसार, गुरुङ ७ कात्तिक २०६७ मा गोंगबुस्थित गणेशस्थान नजिकै मिलन लामालाई धारिलो हतियार प्रहार गरेको घटनामा पनि संलग्न थिए ।

२०७६ सालमा उनीविरुद्ध बैंकिङ कसूरमा प्रहरी वृत्त, दरबारमार्गबाट मुद्दा चलेको थियो भने २६ कात्तिक २०७७ मा ताज भन्ने भीम गुरुङलाई पेस्तोल देखाएर कुटपिट गरेको आरोपमा गुरुङ पक्राउ परेका थिए ।२०८२ साउनमा उनी ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि पक्राउ परेका थिए ।

सम्बन्धित खबर