२०८२ चैत २० शुक्रवार , १२:०८:५३ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप : आज दुई खेल हुँदै

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आज (चैत २०) कर्णाली प्रदेशसँग खेल्दै छ ।

खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । एपीएफ तालिकाको सातौँ स्थानमा छ । पाँच खेल खेलेको एपीएफले एक जित हासिल गर्दा तीन हार व्यहोरेको छ । एपीएफको एक खेल भने रद्द भएको थियो ।रन रेटका आधारमा पछाडि परेपछि समान खेल खेल्दा समान तीन अंक जोडेको कर्णाली आठौँ स्थानमा छ ।यी दुईबीचको खेल जनकपुरको रामजानकी बुहदेश्यीय रंगशालामा बिहान ९:३० बजे हुनेछ ।

आजै हुने दोस्रो खेलमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ ।

खेलमा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ । गण्डकीले पाँच खेल खेल्दा एक जित र तीन हारसहित तीन अंक जाडेको छ । गण्डकीको एक खेल भने रद्द भएको थियो ।यता, कोसी भने पहिलो जितको खोजीमा छ । तालिकाको पुछारमा रहेको कोसीले पाँच खेल खेलिसक्दा पनि जितको खाता खोल्न सकेको छैन । एक अंक बनाएको कोसीले पाँच खेल खेल्दा चार खेलमा हारेको छ । कोसीको एक खेल भने रद्द भएको थियो ।यी दुईबीचको खेल वीरगञ्जको नारायणी क्रिकेट रंगशालामा बिहान ९स्३० बजे हुनेछ ।

सम्बन्धित खबर