
काठमाडौं । हिजो र अस्ति बढेको सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ आज तोलामा ३ हजार ६०० रुपैयाँले घटेको हो ।
भाउ घटेर सुन आज तोलाको २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो । अस्ति तोलाको २ लाख ९० हजार २०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । महासङ्घका अनुसार चाँदी आज तोलामा १६५ रुपैयाँले घटेको छ । चाँदी घटेर तोलाको ४ हजार ७८० रुपैयाँमा कारोबार भैरहेको छ ।
हिजो चाँदीको भाउ तोलाको चार हजार ९४५ रुपैयाँ रहेको थियो । अस्ति मंगलबार चाँदी तोलाको ४ हजार ८४५ रुपैयाँ रहेको थियो ।


