२०८२ चैत १८ बुधवार , ०२:५१:५२ बजे

Sajhamanch
'

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बुधवार, चैत १८, २०८२

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

बुधवार, चैत १८, २०८२ | समाज

सम्बन्धित खबर