२०८२ चैत १७ मङ्गलवार , ११:३९:१५ बजे

Sajhamanch
'

पर्सि बिहीबारदेखि संसद अधिवेशन शुरु हुने

मङ्गलवार, चैत १७, २०८२

काठमाण्डौ ।  संघीय संसद्को अधिवेशन पर्सि बिहीबारदेखि शुरु हुने भएको छ ।मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले पर्सि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बिहीबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।

फागुन २१ को चुनावबाट प्रतिनिधिसभा गठन भएपछि पहिलो पटक संसद् अधिवेशन बस्न लागेको हो । संसदको पहिलो अधिवेशनमा प्रतिनिधिसभामा सभामुख र उपसभामुखको चुनाव हुनेछ ।

प्रतिनिधिसभाको पहिलो बैठक शुरु भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट सभामुख र उपसभामुखको चुनाव गर्नुपर्छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने र फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित खबर